नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एक महिलाले उनीविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गराएकी छन् ।
विज्ञापन
No data was found
साइबर ब्युरोको अनुरोधमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
विज्ञापन
No data was found
महरविरुद्ध पक्राउ अनुमति लिएर कानुनी प्रक्रियामा रहेको ब्युरोले जनाएको छ ।
विज्ञापन
No data was found
बझाङ घर भएका महर अनेरास्ववियुको विद्यार्थी राजनीति गर्दै पार्टीको केन्द्रीय सदस्य बनेका हुन् ।
महर प्रतिनिधिसभाको चुनावमा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीसँग पराजित भएका थिए । पछिल्लो समय महर विवादित बनेका छन् ।