April 21, 2026

'आज साउन १५, खीर खाएर मनाइँदै'

साउन १५, २०८२

साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ ।

विज्ञापन
No data was found

साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् ।

विज्ञापन
No data was found

साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिने र हरियाली बढी हुने भएकाले घाँस धेरै पाइने बेलामा गाई–भैँसीले पनि धेरै दूध दिने गर्छ । दूध धेरै भएपछि इष्टमित्र र चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो ।

विज्ञापन
No data was found

गाउँघरमा सबैका घरमा दूध बाँडेर साउन महिनाभर आलोपालो खीर खाने चलन थियो । खीर स्वास्थ्यका हिसाबले पनि उत्तम मानिन्छ ।

यसैगरी, चामल, साबुदाना, सेवइ, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ । साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीर पनि बनाएर खाने चलन छ ।

नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर खाने लौकिक चलन रहिआएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दोस्रो अभ्यास खेलमा पनि नेपाल साउथ अस्ट्रेलियासँग पराजित

2

राष्ट्रिय सहमति लिएर सी र मोदीजीसँग बलियो कुरा राख्छु’ प्रधानमन्त्री केपी शर्मा ओली

3

हाजिरी जमानीमा छुटे एमाले केन्द्रीय सदस्य ऐन महर

4

७ दिनभित्र सूचीकरण हुन नआए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

5

एमालेका नेता ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

6

पाकिस्तानमा ३० रुपैयाँका कारण झगडा हुँदा दुई दाजुभाइको हत्या

7

लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्धन

No data was found
यो पनि पढ्नुहोस

एकपटकका लागि नाम, थर, उमेर, जन्मदर्ता सच्याउनु मौका