दैलेख । नेकपा (एमाले) दैलेखले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विकास र समृद्धिको नेतृत्वकर्ता भन्दै धन्यवाद व्यक्त गरेको छ।
पार्टीको ११औं जिल्ला सचिवालय बैठक जिल्ला पार्टी कार्यालयमा बसेको थियो। बैठकले दैलेखको जलजले क्षेत्रमा पत्ता लागेको मिथेन ग्यासको उत्खनन तथा अनुसन्धान कार्यमा सरकारले देखाएको अग्रसरताको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएको हो।

बैठकमा असार २३ गते देशका विभिन्न स्थानहरू भोटकोशी, रसुवागढी आदि मा आएको बाढीले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उद्धारमा सरकारले देखाएको सक्रियताको पनि सराहना गरिएको छ।
साथै, बैठकले पार्टीको २०८२ सालको नवीकरण, नयाँ सदस्यताका आवेदन प्रदेशस्तरीय सिफारिसमार्फत अघि बढाउने निर्णयसमेत गरेको छ। वडा केन्द्रित कामको समिक्षासहित पार्टी कार्यदिशा तय गर्ने निर्णय पनि बैठकबाट भएको प्रचार तथा प्रकाशन विभाग प्रमुख दीपेन्द्र ओलीले जानकारी दिनुभयो।

बैठकमा जिल्ला अध्यक्ष सूर्यबहादुर शाहीको अध्यक्षता तथा कर्णाली प्रदेश कमिटी उपसचिव रविन्द्रराज शर्माको प्रमुख आतिथ्य रहेको थियो।