April 21, 2026

'सुर्खेतको सिम्तामा पत्रकारमाथि कुटपिट, लठ्ठी प्रहारबाट गम्भीर घाइते'

असार २०, २०८२

पञ्चकोशी संवाददाता । सुर्खेतको सिम्ता गाउँपालिकामा एक पत्रकारमाथि कुटपिट भएको छ । सिम्ता–६ जामुने बजारमा टार्जन रिपोर्टरका सञ्चालक कमल गिरी (टार्जन)लाई स्थानीय यातायात व्यवसायी समितिका प्रतिनिधि नारायण शाहीले लठ्ठी प्रहार गरी कुटपिट गरेका हुन् ।

विज्ञापन
No data was found

इलाका प्रहरी कार्यालय बाँदेपिपलका अनुसार शुक्रवार दिउँसो बस समितिको विषयलाई लिएर गिरी र शाहीबीच विवाद भएको थियो । विवाद उग्र बनेपछि शाहीले गिरीमाथि लठ्ठी प्रहार गरेको प्रहरी निरीक्षक सुरेश सिंहले जानकारी दिए ।

विज्ञापन
No data was found

घटनामा गिरीको टाउकोमा गम्भीर चोट लागेको छ । बजारमा टिकट काउन्टर (बस समितिमा) आफुलाई राख्न आग्रह गर्दा शाहीले अहिले मान्छे धेरै भएकाे बताउँदै इन्कार गरेको र त्यसपछि विवाद सुरु भएको गिरीले खबरदृष्टिलाई बताए ।

विज्ञापन
No data was found

‘मैले तपाइँहरुको टिकट काउन्टरमा राख्नुहोस् भने उहाँहरुले मान्छे धेरै छन् अहिले राख्न मिल्दैन भन्नभयो,’ उनले खबरदृष्टिसँग भने,‘उहाँहरुले त्यति भनेपछि मैले छुट्टै काउन्टर खोल्दा शाहीले लठ्ठीले टाउकोमै प्रहार गर्नुभयो ।’

गिरीले टाउकोमा चोट लागेपछि जामुने बजारमा सामान्य उपचार गरी नेपालगञ्ज जाने तयारी गरेको बताए । घटनापछि कुटपिट गर्ने शाहीलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दोस्रो अभ्यास खेलमा पनि नेपाल साउथ अस्ट्रेलियासँग पराजित

2

राष्ट्रिय सहमति लिएर सी र मोदीजीसँग बलियो कुरा राख्छु’ प्रधानमन्त्री केपी शर्मा ओली

3

हाजिरी जमानीमा छुटे एमाले केन्द्रीय सदस्य ऐन महर

4

७ दिनभित्र सूचीकरण हुन नआए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

5

एमालेका नेता ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

6

पाकिस्तानमा ३० रुपैयाँका कारण झगडा हुँदा दुई दाजुभाइको हत्या

7

लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्धन

No data was found
यो पनि पढ्नुहोस

एकपटकका लागि नाम, थर, उमेर, जन्मदर्ता सच्याउनु मौका