केशवराज पौडेल दैलेख,। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले लैगिंक समानता तथा सामाजिक समावेशीकरण निति निर्माणको क्रममा सल्लाह र सुझाव संकलनका लागि आज एक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
नगरपालिका स्थित लैंगिक समानता तथा सामाजिकशसक्तिकरण महिला तथा वालवालिका शाखाद्धारा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा नगरपालिका स्थित जनप्रतिनिधिहरु, कर्मचारीह विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु महिला वालवालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तीहरु लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रमको अवसरमा सहभागिहरुले नगरपालिकाले महिला वालवालिका तथा पछाडी पारिएका समुदायको जीवनस्तर माथी उठाउने निति कार्यक्रम आजको आवश्यकता भएकोमा जोड दिएका छन । अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भलाराम पंगालीले लैससास सम्बन्धि वार्षिक गतिविधि सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका प्रमुख गणेश कुमार शाहीले राज्यले लैंगिक समानता तथा सामाजिक समावेसीकरणको क्षेत्र लगाएत नितिनिर्माण गरिने कार्यक्रममा जोड दिएको प्रसंग राख्दै त्यि अनुरुप नगरपालिकाले पनि थप जिम्मेवारी वहन गर्ने आम नागरिकहरु लागि आवश्यक विभिन्न निति निर्माण गरिरहेको बताउनुभयो।
कार्यक्रममा नगरउपप्रमुख मनसरा कुमारी शर्माले महिला वालवालिका दलित अपांगता भएका व्यक्तीहरु र ज्येष्ठ नागरिकका सवालमा विभिन्न कार्यक्रमहरु ल्याएको भन्दै उनिहरुको क्षमता विकासमा सदैव लागिपरेकोमा जोड दिनुभयो ।