पञ्चकोशी संवाददाता । दैलेख बजारदेखि चुप्रा जाँदै गरेको यात्रु बोकेको अटो अनियन्त्रित भई पल्टिँदा एक जना महिला घाइते भएकी छन्।
विज्ञापन
No data was found
भे. १ ह. १९०९ नम्बरको अटो चालक इन्द्रबहादुर पराजुलीको नियन्त्रणबाट बाहिरिएर झुप्रेसालस्थित सडकको किनारमा पल्टिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
विज्ञापन
No data was found
अटोमा चालकसहित चार जना सवार थिए। दुर्घटनामा परि डुङ्गेश्वर गाउँपालिका–१, चुप्राकी ३८ वर्षीया बिमा थापा मगर घाइते भएकी छन्। उनको दाहिने हातको औंला भाँचिएको तथा निधार र खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। घाइते थापाको अहिले जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ।
विज्ञापन
No data was found
अन्य तीन जना यात्रु सामान्य अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।