April 21, 2026

'टिप्परले घरमा ठक्कर दिँदा पाँच जना गम्भीर घाइते'

असार १४, २०८२

पञ्चकोशी संवाददाता । दैलेख जिल्लाको आठबीस गाउँपालिका–१ लयाटा डाँडास्थित मध्यपहाडी लोकमार्गको छेउमा रहेको एक घरमा टिप्पर ठोक्किँदा पाँच जना गम्भीर घाइते भएका छन्।

विज्ञापन
No data was found

शनिबार बिहान करिब ७:३० बजे पश्चिमबाट आउँदै गरेको बा २ क ९३६९ नम्बरको टिप्पर अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएको थियो। उक्त घरमा बसोबास गर्दै आएका बाले बिक, उनकी श्रीमती मनसरा बिक, छोरा रोसन बिक, नवीन बिक र जंगे कामी गम्भीर घाइते भएका हुन्।

विज्ञापन
No data was found

स्थानीयका अनुसार घटना हुँदा पीडितहरू सबैजना घरमै थिए। टिप्परको ठक्करले घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने घरभित्र रहेका सम्पूर्ण सामग्रीसमेत नष्ट भएका छन्।

विज्ञापन
No data was found

घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ। यतिबेला उनीहरूको अवस्था गम्भीर रहेको जनाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दोस्रो अभ्यास खेलमा पनि नेपाल साउथ अस्ट्रेलियासँग पराजित

2

राष्ट्रिय सहमति लिएर सी र मोदीजीसँग बलियो कुरा राख्छु’ प्रधानमन्त्री केपी शर्मा ओली

3

हाजिरी जमानीमा छुटे एमाले केन्द्रीय सदस्य ऐन महर

4

७ दिनभित्र सूचीकरण हुन नआए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

5

एमालेका नेता ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

6

पाकिस्तानमा ३० रुपैयाँका कारण झगडा हुँदा दुई दाजुभाइको हत्या

7

लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्धन

No data was found
यो पनि पढ्नुहोस

एकपटकका लागि नाम, थर, उमेर, जन्मदर्ता सच्याउनु मौका