पञ्चकोशी संवाददाता। दैलेख आर्थिक वर्ष २०८१/०८२ का लागि दैलेख जिल्लाका ११ वटै पालिकाहरूले आ–आफ्नो नीति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गरेका छन्। सार्वजनिक भएका विवरणअनुसार दुल्लु नगरपालिकाले सबैभन्दा धेरै बजेट विनियोजन गरेको छ भने ठाँटीकाँध गाउँपालिकाको बजेट सबैभन्दा कम देखिएको छ।
विज्ञापन
No data was found
पालिका अनुसार बजेट यस्तो छ
विज्ञापन
No data was found
- दुल्लु नगरपालिका – रू. १ अर्ब ८ लाख १४ हजार
- गुराँस गाउँपालिका – रू. ७३ करोड ६४ लाख १४ हजार ५ सय ५५
- भगवतीमाई गाउँपालिका – रू. ६६ करोड ५५ लाख ७ हजार २२४
- नारायण नगरपालिका – रू. ६६ करोड ८६ लाख ८ हजार ४८४
- नौमुले गाउँपालिका – रू. ६० करोड ६६ लाख ६ हजार ४५५
- आठबीस नगरपालिका – रू. ५८ करोड ६९ लाख ९ हजार ९४६
- भैरवी गाउँपालिका – रू. ४५ करोड ५० लाख
- महाबु गाउँपालिका – रू. ४५ करोड ४ लाख २ हजार ५२७
- चामुण्डा बिन्द्रासैनी नगरपालिका – रू. ४४ करोड ८३ लाख ३ हजार ८८
- डुडीकेश्वर गाउँपालिका – रू. ३८ करोड ७ लाख १२ हजार २२४
- ठाँटीकाँध गाउँपालिका – रू. ३७ करोड ५३ लाख १ हजार ५५५
बजेट विवरणअनुसार अधिकांश पालिकाले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक विकास र स्थानीय रोजगारीलाई प्राथमिकतामा राखेका छन्। अब पालिकाहरूले सार्वजनिक बजेटलाई पारदर्शिता र प्रभावकारी कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा कस्तो प्रभाव पार्ने भन्ने मुख्य चुनौती हुनेछ।
विज्ञापन
No data was found