पञ्चकोशी संवाददाता । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको १७औं नगरसभा तथा नगर अधिवेशनको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ।
नगर प्रमुखको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, पत्रकार, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

समारोहमा आर्थिक वर्ष २०८१/८२ को नीति, कार्यक्रम र बजेटको प्रारम्भिक प्रस्तुतिसहित विभिन्न क्षेत्रीय योजनाहरूको प्राथमिकता, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, तथा सामाजिक समावेशीकरण जस्ता विषयमा छलफल गरिएको थियो। कुल रु. ४८ करोड ३३ लाख ३ हजार ५८ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको हो।
उद्घाटन कार्यक्रममा नगरप्रमुखले नगरपालिकाको समग्र विकासको दिशामा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुहुँदै पारदर्शी शासन, नागरिक सहभागिता र योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिनु भएको थियो।
