April 15, 2026

'त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले स्कटल्यान्डलार्य २ विकेटले हरायो'

असार ४, २०८२

हिजो भएकोे खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हराएको हो । स्कटल्यान्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ८ विकेटको क्षतिमा पूरा गर्‍याे ।

विज्ञापन
No data was found

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए । स्कटल्यान्डका माइकल लिस्क र सफियान सरिफले समान २ विकेट लिए ।

विज्ञापन
No data was found

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड  १९ ओभर ४ बलमा  ९७ रनमा अलआउट भएको थियो । स्कटल्यान्डका लागि माइकल लिस्कले ४४ रन बनाए ।

नेपालका लागि सन्दिप लामिछानेले ४ तथा  करण केसी र  दीपेन्द्र सिंह ऐरीले समान २  विकेट लिए । प्रतियोगितामा नेपालको यो पहिलो जीत हो । जीतसँगै नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्ड तीनै टोलीको समान २ अङ्क भएको  छ । स्कटल्यान्ड शीर्ष स्थानमा रहँदा नेदरल्यान्ड्स पुछारमा छ ।

यसअघि अस्ति सोमवार भएको दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो भने पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो ।

नेपालले आफ्नो तेस्रो खेल भोलि नेदरल्यान्ड्ससँग र चौथो तथा अन्तिम खेल पर्सि शुक्रवार घरेलु टोलीसँग खेल्नेछ ।

तीन टोलीले डबल राउन्ड रोबिनमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि सर्वाधिक अङ्क हुने टोली शृङ्खलाको विजेता बन्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दोस्रो अभ्यास खेलमा पनि नेपाल साउथ अस्ट्रेलियासँग पराजित

2

राष्ट्रिय सहमति लिएर सी र मोदीजीसँग बलियो कुरा राख्छु’ प्रधानमन्त्री केपी शर्मा ओली

3

हाजिरी जमानीमा छुटे एमाले केन्द्रीय सदस्य ऐन महर

4

७ दिनभित्र सूचीकरण हुन नआए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

5

एमालेका नेता ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

6

पाकिस्तानमा ३० रुपैयाँका कारण झगडा हुँदा दुई दाजुभाइको हत्या

7

लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्धन

No data was found
यो पनि पढ्नुहोस

एकपटकका लागि नाम, थर, उमेर, जन्मदर्ता सच्याउनु मौका