April 21, 2026

'जनता माध्यमिक विद्यालय बस्कोट को ४२औं वार्षिकोत्सव सम्पन्न'

असार २, २०८२

पञ्चकोशी संवाददाता दैलेख । चामुण्डा बिन्द्रासैनी  नगरपालिका–५, बस्तेकोटमा अवस्थित श्री जनता माध्यमिक विद्यालय  ४२औं वार्षिकोत्सव तथा अभिभावक भेला भव्य रूपमा सम्पन्न भएको छ।

विज्ञापन
No data was found

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीज्यूको उपस्थिति रहेको थियो। उहाँले विद्यालयले शिक्षासँगै उत्पादनमूलक तथा आम्दानीमुखी कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो। विद्यालयको भौगोलिक अवस्थिति मध्यपहाडी राजमार्गसँग जोडिएको हुँदा यहाँ उत्पादन भएका सामग्रीहरूको बजारीकरण सहज हुने उहाँको भनाइ थियो।

विज्ञापन
No data was found

मन्त्री भण्डारीले प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि लागू गर्न लागेको ‘हामी सुधार्छौं, हाम्रो विद्यालय’ अभियान अन्तर्गत हरित विद्यालय विकास कार्यक्रम विद्यालयहरूमा कार्यान्वयन गरिने जानकारी दिनुभयो।

विज्ञापन
No data was found

कार्यक्रममा चामुण्डा बिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेशकुमार शाही र उपप्रमुख मनसरा कुमारी शर्माको विशेष उपस्थिति थियो। उनीहरूले विद्यालयको समग्र विकासमा नगरपालिका सदैव साथमा रहने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गरिनुका साथै उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। साथै, विद्यार्थीहरूद्वारा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। स्थानीय कला र संस्कृतिको प्रवर्धन गर्न देउडा खेलसमेत प्रस्तुत गरिएको थियो, जसले कार्यक्रममा थप रौनक दिएको थियो।

उक्त अवसरमा अभिभावक, शिक्षक, विद्यार्थी, स्थानीय जनप्रतिनिधि तथा समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दोस्रो अभ्यास खेलमा पनि नेपाल साउथ अस्ट्रेलियासँग पराजित

2

राष्ट्रिय सहमति लिएर सी र मोदीजीसँग बलियो कुरा राख्छु’ प्रधानमन्त्री केपी शर्मा ओली

3

हाजिरी जमानीमा छुटे एमाले केन्द्रीय सदस्य ऐन महर

4

७ दिनभित्र सूचीकरण हुन नआए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

5

एमालेका नेता ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

6

पाकिस्तानमा ३० रुपैयाँका कारण झगडा हुँदा दुई दाजुभाइको हत्या

7

लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्धन

No data was found
यो पनि पढ्नुहोस

एकपटकका लागि नाम, थर, उमेर, जन्मदर्ता सच्याउनु मौका