April 21, 2026

'काठमाण्डौ महानगरका मेयर र उपमेयर तीन महिनापछि भेटवार्ता'

जेष्ठ २९, २०८२

काठमाण्डाै। काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलबीच कार्यपालिका बैठक सञ्चालन गर्ने सहमति भएको छ । मेयर र उपमेयरबीच तीन महिनापछि भएको भेटवार्तापछि कार्यपालिका बैठक बोलाउने सहमति भएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

विज्ञापन
No data was found

राष्ट्रिय सभागृहमा भएको भेटमा मेयर शाह, उपमेयर डङ्गोल, प्रवक्ता एवम् वडा नम्बर १७ का अध्यक्ष मानन्धरसहित वडा नम्बर १५ र ३२ का अध्यक्षहरूको सहभागिता थियो । बैठकको मिति तय नभएको तर छिटै बैठक बोलाउने सहमति भएको मानन्धरले बताउनुभयो ।

विज्ञापन
No data was found

मेयर–उपमेयरबीच गएको पुसदेखि नै खटपट शुरू भएकोमा पछिल्लो तीन महिनामा भने भेट नै भएको थिएन । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँगको विवादपछि मेयर र उपमेयर, प्रवक्ताबीचको दुरी बढेको थियो ।

विज्ञापन
No data was found

महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले काठमाण्डाै टावरको प्रक्रिया नपुर्‍याई नक्शा पास गरेको आरोपसँगै २०८१ सालकाे पुसमा विवाद उत्पन्न भएको थियो । त्यसपछि मेयर शाहले गुरागाईंमाथि छनबिन शुरू गर्दै अर्को प्रशासकीय अधिकृत पठाउन सङ्घीय सरकारलाई पत्राचार गरे पनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई नै काम गर्ने वातावरण मिलाउन भन्दै महानगरलाई पत्र पठाएको थियो । मेयर शाहले हाजिर गराउन नमानेपछि उपमेयर डङ्गाेलसहितका जनप्रतिनिधि र कर्मचारीले गुरागाईंलाई हाजिर गराएका छन् ।

काठमाण्डौ महानगरमा गएको पुस ८ गतेपछि कार्यपालिका बैठक बस्न सकेको छैन । बैठक बस्न नसक्दा असार मसान्तभित्र ल्याउनुपर्ने महानगरको बजेट नै अन्योलमा परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दोस्रो अभ्यास खेलमा पनि नेपाल साउथ अस्ट्रेलियासँग पराजित

2

राष्ट्रिय सहमति लिएर सी र मोदीजीसँग बलियो कुरा राख्छु’ प्रधानमन्त्री केपी शर्मा ओली

3

हाजिरी जमानीमा छुटे एमाले केन्द्रीय सदस्य ऐन महर

4

७ दिनभित्र सूचीकरण हुन नआए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

5

एमालेका नेता ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

6

पाकिस्तानमा ३० रुपैयाँका कारण झगडा हुँदा दुई दाजुभाइको हत्या

7

लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्धन

No data was found
यो पनि पढ्नुहोस

एकपटकका लागि नाम, थर, उमेर, जन्मदर्ता सच्याउनु मौका